coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विधायन व्यवस्थापन समितिमा रहेका विधेयकहरु राष्ट्रियसभामा पेश

विधायन व्यवस्थापन समितिले आठ वटा विधेयकहरुका प्रतिवेदनहरु राष्ट्रियसभामा पेश गरेको छ।

विधायन व्यवस्थापन समितिले अध्यागमन विधेयक २०७६, अनुगमन तथा मूल्यांकन विधेयक २०७६, प्रतिलिपी अधिकार पहिलो संशोधन विधेयक २०७६, विद्युत विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७, सार्वजनिक सेवा प्रशारण विधेयक २०७७, अभिलेख संरक्षण पहिलो संशोधन विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धि विधेयक २०७७ का प्रतिवेदनहरु आईतबार राष्ट्रियसभा बैठकमा पेश गरेको हो। 

विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायणदत्त मिश्रले सबै विधेयकहरुमा दफावार छलफल गरी तयार गरिएको प्रतिवेदनहरु राष्ट्रियसभा बैठकमा पेश गरिएको बताए।

राष्ट्रियसभाको अर्को बैठक असार ६ गते (भोली) अपरान्ह १ बजेका लागि बोलाइएको छ। 

प्रकाशित: ५ असार २०७९ १०:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App