coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालका लागि सकारात्मक हुनेछः पुष्पा भुसाल

नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल गौतमले अन्तर्राष्ट्रिय विदेश नीतिलाई बलियो बनाउन साझा विदेश नीति निर्माण गर्न आवश्यक रहेको बताएकी छिन्।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै सचेतक भुसालले यस्तो बताएकी हुन्। उनले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका हाई लेभल भिजिट भन्ने कुरा नेपालको लागि अत्यन्त सकारात्मक रहेको पनि बताइन्।

सचेतक भुसालले प्रधानमन्त्रीको अमेरिका भ्रमण नेपालको विदेश नीतिलाई बलियो बनाउनको निम्ति सकारात्मक भ्रमण हुने बताइन्। उनले भ्रमणमा जानुअघि नेपालको विदेश नीतिमाथि टेकेर, संविधानमाथि टेकेर सकारात्मक ढंगबाट अघि बढ्नुपर्ने बताइन्।

उनले प्रधानमन्त्रीको अमेरिका भ्रमण कुनै सम्झौतासँग सम्बन्धित नरहेको कुरा सदनमा स्पष्ट भइसकेको भन्दै प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे भ्रम फैलाउनु भनेको नेपालको विदेश नीतिलाई कमजोर गराएको बताइन्। सचेतक भुसालले प्रधानमन्त्री र प्रधान सेनापतिलगायतले भ्रमण नै गर्नु हुँदैन भनेर दुई देशबीचको परराष्ट्रनीतिलाई बिगार्ने काम गर्नु नहुने बताइन्।

प्रकाशित: ३ असार २०७९ १२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App