१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री खड्काले भनेः एसपिपी अगाडि बढ्दैन

परराष्ट्रमन्त्री नारायण खड्काले नेपाल अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) अगाडि नबढ्ने बताएका छन्। संसदीय समितिको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा मन्त्री खड्काले एसपिपी अगाडि नबढाउने बताएका हुन्।

उनले भने, 'एसपिपी नेपालले अगाडि बढाउँदैन भनेर सरकारको आधिकारिक धारणा सार्वजनिक भइसक्यो। प्रधानमन्त्रीले पनि हुँदैन भनिसक्नुभएको छ।'

परराष्ट्रमन्त्री खड्काले अगाडि भने, 'यो राष्ट्रिय हितमा छैन, अन्तर्राष्ट्रिय प्रतिवद्धताले पनि स्टेट पार्टनरसिप प्रोग्राम कार्यान्वयन हुँदैन भनिसकिएको छ।'

प्रकाशित: ३ असार २०७९ ०४:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App