४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न ल्याइएको हाेइन: नेता खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताएका हुन्। उनले प्रस्ताव दर्ता पछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पुर्‍याउनका लागि महाअभियोग लगाइएको बताए। उनले महाअभियोगलाई टुंगोमा पुर्‍याउनका लागि अझै समय बाँकी रहेको बताए।

उनले भने, ‘यो प्रस्ताव तुरुन्त पास गर्न राखेकै होइन नि। यो प्रस्ताव अगाडि आएको छ। यस्लाई बिस्तारै प्रस्ताव राखिसकेपछि परिस्थिति हेर्दै जाने। अनि क्रमशः एउटा टुंगोमा पुर्‍याउने कुरा हो नि त। त्यसकारण समय अझै छ। समिति गठन भएको छ। समितिले माग गर्नुपर्‍यो नि त। त्यो समितिको के उत्तरदायित्वको निम्ति, के कार्यभारको निम्ति त्यो समिति गठन भएको हो। त्यो समितिले आफ्नो उत्तरदायित्व पुरा गर्न, दिएको जिम्मेवारी पुरा गर्न, खोई मलाई जिम्मेवारी दिएको भन्नुपर्‍यो। अनि संसदले काम गर्नुपर्‍यो। त्यसपछि त अगाडी बढीहाल्छ नि।’

पूर्वप्रधानमन्त्री खनालले महाअभियोग प्रस्तावको सम्बन्धमा संसदले गठन गरेको समितिले आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्नुपर्ने बताए। समितिले आफ्नो काम गरिसकेपछि संसदमा बाँकी प्रक्रिया अगाडि बढ्ने उनले बताए।

प्रकाशित: २५ जेष्ठ २०७९ १२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App