५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सरकारले पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गरेर अनैतिक काम गर्‍योः यज्ञराज सुनुवार

नेकपा (एमाले)का सांसद यज्ञराज सुनुवारले सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेर अनैतिक काम गरेको बताएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै मूल्यवृद्धि अवैधानिक भएको पनि उनले बताएका हुन्। मूल्यवृद्धिको सम्बन्धमा धेरै प्रश्न र शंकाहरु उब्जिएको भन्दै उनले त्यसको छानविन गर्न संसदीय समिति आवश्यक रहेको उल्लेख गरे।

उनले भने, ‘यो अनैतिक छ। जुन ढंगले मूल्यवृद्धि गरिएको छ, यसले केवल मन्त्रीको वा गठबन्धनवालाको मात्रै हुर्मत लिएको छैन, राजनीतिको हुर्मत लिएको छ। त्यसकारणले यो अनैतिक छ। गठबन्धन र सरकारले अनैतिक काम गरेको छ। यसमा धेरै प्रश्नहरु, शंकाहरु उठेका छन्। त्यसकारणले छानविन समिति बनाउनु पर्दछ। र, सरकारले मूल्यवृद्धि फिर्ता लिनु पर्दछ।’

जरुरी सार्वजनिक महत्वको प्रस्तावको समर्थन गर्दै नेकपा (एमाले)का सांसद गणेश पहाडीले प्रचलित कानूनको प्रावधानलाई उल्लंघन गरेर मूल्यवृद्धि गरिएको बताए। उनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको असरस्वरुप अन्य विभिन्न खाद्य र गैरखाद्य वस्तुमा पनि मूल्यवृद्धि भएको उल्लेख गर्दै बजार अनुगमन हुन नसकेको बताए। बजार अनुगमन नगरेर सरकार निकम्मा भएको उनको भनाइ छ।

उनले पेट्रोलियम पदार्थको साथसाथै अन्य वस्तुको मूल्यवृद्धि घटाउनतर्फ पनि ध्यान दिनुपर्ने बताए।

प्रकाशित: २० जेष्ठ २०७९ ०७:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App