६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

बजेट ललिपप हो, चुनाव खर्च जुटाउन ल्याइएको होः राप्रपा अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेटलाई मान्छेहरु भुलाउने ‘ललिपप’ भएको र आगामी चुनाव खर्च जुटाउन ल्याइएको टिप्पणी गरेका छन्।

उनले बुधबार संसदमा बजेट माथिको छलफलमा भाग लिदै उक्त टिप्पणी गरेका हुन्। ‘यो बजेट ललिपप हो। मान्छेहरु भुलाउन ल्याइएको हो', उनले भने, ‘यसले हाम्रो जिवन परिवर्तन गर्न सक्दैन। यसमा कार्यान्वयनका आधार र सोचहरु केही पनि छैनन्।’ लिङदेनले यो बजेट विकास निर्माण केन्द्रित भन्दा पनि चुनाव केन्द्रित रहेको आरोप लगाए।  

‘यो परम्परागत ढंगले वितरण गर्ने, कमिशन लिने र चुनावका लागि खर्च जुटाउने बजेट हो’, लिङदेनले भने। उनले आर्थिक संकट रोक्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने कुनैपनि योजना नभएको भन्दै टिप्पणी गरेका थिए। लिङदेनले कम्पनी र उद्योगहरुसँग डिल गरेर बजेट ल्याइएको आरोप लगाए।

प्रकाशित: १८ जेष्ठ २०७९ ०७:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App