१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

रेनु दाहाल चढेको गाडी दुर्घटना

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ।

ललितपुरकाे जावलाखेलमा दिउँसाे तीन बजेको समयमा गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनाबाट दाहालको निधारमा चोट लागेको भरतपुर महानगरपालिकाका पूर्व प्रेस सल्लाहकार सुरेसचन्द्र अधिकारीले जानकारी दिए।

उनका अनुसार दाहालको टाउँकाेमा सामान्य चोट लागेको छ। सिटि स्क्यानबाट सामान्य रिपोर्ट आएको अधिकारीले बताए। दाहाल बिरामी आमालाई भेट्न दुई/दिन अघि काठमाडौँ गएकी थिइन्। उनीसंगै श्रीमान अर्जुन पाठक, बहिनी गंगा दाहाल रहेको बताइएको छ। उनलाई केही नभएको अधिकारीले बताए।

प्रकाशित: १३ जेष्ठ २०७९ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App