५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

भूमिहीनको समस्या दुई वर्ष भित्रमा समाधान गरिने

सरकारे भूमिहीन तथा सुकुम्बासीको समस्या दुई वर्षभित्र समाधान गर्ने भएको छ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दुई वर्षभित्र समाधान गरिने बताएकी हुन्। उनले पुनर्स्थापनना हुन बाँकी मुक्त कमैयाहरुका लागि रोजगारी र क्षमता विकासको कार्यक्रम सञ्चालन गरिने पनि बताइन्।

उनले भनिन्, ‘आगामी दुई वर्ष भित्रमा भूमिहीन, सुकुम्बासी एवं अव्यवस्थित बसोबासीको समस्या समाधान गरिनेछ। पुनर्स्थापना हुन बाँकी मुक्त कमैया, हलिया र कम्लरी तथा मुक्त घोषणा हुन बाँकी हरवा, चरवाका लागि तिनै तहका सरकारका समन्वयमा उत्पादन, रोजगारी र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने छ।’

राष्ट्रपति भण्डारीले राष्ट्रिय निकुञ्जको छेउछाउ तथा नदी किनाराका विपन्नका लागि लक्षित गरेर कार्यक्रम सञ्चालन बताइन्। उनले विशिष्टकृत संस्थाबाट मात्र घरजग्गा कारोबार गर्ने व्यवस्था मिलाइने बताइन्।

प्रकाशित: १० जेष्ठ २०७९ १२:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App