coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

बरियारपट्टी गाउँपालिकाकाे अध्यक्षमा जसपा, उपाध्यक्षमा कांग्रेस विजयी

बरियारपट्टी गाउँपालिकाका निर्वाचित अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष ममता कुमारी यादव। तस्बिरः नागरिक

सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

जसपाका सन्तोषकुमार महतो पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। सन्तोषले ३ हजार ८४४ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादवले ३ हजार ४३४ मत पाएका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी ममताकुमारी यादव ५१२ मत अन्तरले विजयी भइन्। उनले ३ हजार ९९७ मत पाइन् भने निकटतम प्रतिस्पर्धी सियाकुमारी यादवले ३ हजार ४८५ मत पाएकी छिन्।

बरियारपट्टी गाउँपालिका वडा नम्बर १, २, ४ र ५ मा नेपाली कांग्रेस र वडा नम्बर ३ मा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष विजयी भएका छन्।

सिरहाका १७ पालिकामध्ये अब गोलबजारबाहेक पालिकाको मत परिणाम सार्वजनिक भैसकेको छ। हालसम्म सार्वजनिक भएका अन्तिम नतिजा अनुसार नेकपा एमालेले सिरहा नगरपालिका, कर्जन्हा नगरपालिका, सुखीपुर नगरपालिका, कल्याणपुर नगरपालिका, धनगढीमाई नगरपालिका, विष्णुपुर गाउँपालिका, नरहरा गाउँपालिका र भगवानपुर गाउँपालिका गरी ८ पालिका जितेका छन्। जसपाले बरियारपट्टी, नवराजपुर, अर्नामा र औरही गाउँपालिका गरी ४ पालिका जितेको छन्।

नेपाली कांग्रेसले लहान नगरपालिका र लक्ष्मीपुर पतारी गाउँपालि गरी २ पालिका जितेका छन्। माओवादी केन्द्रले मिर्चैया नगरपालिका र एकीकृत समाजवादीले सखुवा नन्कारकट्टी गाउँपालिका जितेका छन्।

प्रकाशित: ८ जेष्ठ २०७९ १६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App