२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

माधव नेपालको गृहपालिकामा एकीकृत समाजवादी विजयी

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृहपालिका गौरमा नेकपा एसको वर्चस्व कायम भएको छ।

रौतहट जिल्लाको सदरमुकाम समेत रहेको गौर नगरपालिकामा नेकपा एसले मेयर, उपमेयरसहित वडामा पनि बहुमत प्राप्त गरेको छ। गौर नगरपालिकाको मेयरमा नेकपा एसका शम्भु साह कानुले ६३८१ मत प्राप्त गरेर विजयी भएका छन् भने निकटतम प्रतिद्वन्दी अजयकुमार गुप्ताले ३७५५ मत प्राप्त गरेका छन्।

यसैगरी उपमेयरमा नेकपा एसकै शैलकुमारीले ४८०९ मत प्राप्त गरी जितेकी छन् भने निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी डा. सहनाज खातुनले ३६८५ मत प्राप्त गरेकी छिन्।

नेकपा एसले गौर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ६ र ९ मा वडाध्यक्षसहित सम्पूर्ण प्यानलले जितेका छन् भने वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली कांग्रेसका जनार्दन साह निर्वाचित भए पनि चार ओटै सदस्यमा नेकपा एसले जित निकालेको छ।

गौर नगरपालिकाको वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार शिवशंकर यादव र वडा नम्बर ७ मा लोसपा नेपालका हरिशंकर पाण्डेय विजयी भएका छन्। यसअघि लोसपा नेपालको मेयर रहेको गौरमा लोसपा एउटा वडामा सिमित हुन पुगेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App