१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

जनमत पार्टीले कपिलवस्तुमा खाता खोल्यो

कपिलवस्तुमा जनतमत पार्टीले खाता खोलेको छ। यशोधरा गाउपालिका– ६ को वडाध्यक्ष जित्दै सो पार्टीले खाता खाता खालेको हो।

जनमत पार्टीका राजुकुमार जैसवाल कांग्रेसले वडाध्यक्षमा ५ सय ५२ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन्। उनले एमालेबाट टिकट नपाए पछि जनमत पार्टीबाट चुनाव लडेका थिए।

सो वडामा जसपाका अशोक कुमार नायकले ४ सय ८ मत र कांग्रेसका बिष्णु जैसवालले ३ सय ९८ मत ल्याएका छन्। यस्तै सो पालिकाको वडा नम्बर ५ मा लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र चुनाव लडेका जुबेर अहमद खा वडाध्यक्षमा निर्वाचित भएका छन्।

उता सो पालिकाको वडा नम्बर १ र २ मा एमाले, ३ मा कांग्रेस, ४ मा जसपा, वडाध्यक्षमा जितेका छन्। अब सो पालिकाको वडा नम्बर ७ र ८ को मतगणना जारी छ। बिहीबार साझसम्म अन्तिम परिणाम आउने बताइएको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०८:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App