२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

नेपालको नक्सा जस्तै देखिने बाग्लुङ नटुक्र्याउन आग्रह

काठमाडौं– प्रधानमन्त्री सुशील कोइरालासँग नेपाली कांग्रेस बाग्लुङ्गका सभापति एवं सभासद् प्रकाश पौडेलको नेतृत्वमा आएको सर्वदलीय प्रतिनिधिमण्डलले भेट गरी प्रदेशको सीमाङ्कन गर्दा बाग्लुङ्ग जिल्लालाई विभाजन नगर्न आग्रह गरेको छ।
Baglung-_Delegation1111111111111.jpg

प्रतिनिधि मण्डलले नेपालको आकारसँग मिल्ने भएकोले मिनि नेपालको रुपमा चिनिने बाग्लुङ्गलाई विभाजन गर्ने विचारलाई बाग्लुङ्गका कुनै पनि राजनीतिक दलले स्वीकार गर्न नसकेको उल्लेख गर्दै स्थानीय जनताको चर्को दबाबपछि प्रतिनिधिमण्डल काठमाडौं आएको बताएको थियो।
bag.jpg
'समस्त बाग्लुङ्वासीको राय पनि एउटै छ र यहाँ पनि त्यही मनस्थिति छ भने तपाईहरु ढुक्क हुनुहोस्,' प्रधानमन्त्री कोइरालाले भने, 'नेताहरुमा विश्वास गर्नुस्, हामी लागेको लाग्यै छौं।'

प्रतिनिधि मण्डलले वाग्लुङ्ग जिल्ला नटुक्र्याउन धौलागिरीका १७ सभासद् एकसाथ रहेको र जिल्लाको विभाजन रोक्न नसके सभासद्लाई फिर्ता बोलाउन स्थानीय जनताले माग गरेको पनि बताएको थियो।

प्रकाशित: १२ भाद्र २०७२ ०४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App