coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अर्घाखाँचीमा कांग्रेस कमजोर

अर्घाखाँची जिल्लामा अहिलेसम्म प्राप्त मतपरिणाम सार्वजनिक भए अनुसार नेपाली कांग्रेसको मतपरिणाम भने कमजोर देखिएको छ। नेकपा विभाजन भएर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) भएपश्चात अर्घाखाँचीमा अधिकांश माओवादी नेता कार्यकर्ता एमालेमै समाहित भएका कारण नेपाली कांग्रेसका उच्च तहका नेताहरुलाई आफ्नै वडा जिताउन सकस भएको हाे।

पाणिनी गाउँपालिका प्रमुख र उपप्रमुख, मालारानी गाउँपालिका प्रमुख र उपप्रमुख र छत्रदेव गाउँपालिकाको उपप्रमुख समेत एमालेले आफ्नो पक्षमा पारेको छ। यस्तै मालारानी गाउँपालिकाको प्रमुखमा एमालेका दलबहादुर भट्टराई र उपप्रमुखमा दिपा पोख्रेलले जितेका छन्। भट्टराईले आठ हजार २८३ मत र पोख्रेलले आठ हजार १५५ मत प्राप्त गरी विजयी भएका हुन्।

छत्रदेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका चन्द्रमान श्रेष्ठ विजयी भए भने उपाध्यक्षमा एमालेकी मनी पन्थी विजयी भएकी छिन्। अध्यक्षमा श्रेष्ठले ७ हजार चार सय ७ मत ल्याउँदा पन्थीले ७ हजार दुई सय २४ मत र उपाध्यक्षमा पन्थीले ७ हजार ५ सय १९ मतप्राप्त गरी विजयी भएका हुन्।

यस्तै गठबन्धनका तर्फबाट भूमिकास्थान नगरपालिकाको प्रमुख पदमा राष्ट्रिय जनमोर्चाका झबिलाल थापा र उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका बालकृष्ण बन्जाडे विजयी भएका छन्। गठबन्धनको प्यानलबाट विजयी भएका प्रमुख थापाले ८ हजार ३ सय २४ मत प्राप्त गरेका छन् भने उपप्रमुख बन्जाडे ७ हजार ५ सय ५८ मतका साथ विजयी भएका हुन्।

नेकपा एमालेले मालारानी–१, ३,४,५,६,७, ८ सन्धिखर्क–२,९ छत्रदेव–१,२,३,४,८ भुमिकास्थान–६,७,९,१० पाणिनी–४,५,७,८ र शितगंगा–१३,११,१० मा वडाध्यक्ष जितेको छ। यस्तै नेपाली कांग्रेसले सन्धिखर्क–१,३,४,५,८,११,१२ छत्रदेव–५,६,७ भूमिकास्थान–१,५,८ शितगंगा–१,२,३,१२,१४ पाणिनी–१,२,३,६ मा विजयी भएका छन्। माओवादी केन्द्र मालारानी–२,९ सन्धिखर्क–१० मा विजयी भएको छ। राष्ट्रिय जनमोर्चाले भुमिकास्थान–२,३,४ मा जितेको छ।

२०७४ सालको निर्वाचनमा माओवादीसँग तालमेल गरेको कांग्रेसले ४ प्रमुख ३ उपप्रमुख जितेको थियो। यसपटक एमाले बाहेकका दलहरुसँग तालमेल गरिएपनि त्यो सफल देखिएको छैन। मतगणना जारी रहेपनि एमाले बलियो देखिएको छ। 

प्रकाशित: ३ जेष्ठ २०७९ १३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App