२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

भरतपुरमा ‘रेणु’ २ सय ५५ मतले अगाडी, उपमेयरमा चित्रसेन

भरतपुर महानगरपालिकाको मेयर पदमा रोचक प्रतिस्पर्धा जारी छ। सत्तारुढ गठबन्धन दलकी उम्मेदवार माओवदी केन्द्रकी रेणु दाहाल २ सय ५५ मतले अगाडी छिन्।

मंगलबार साँझ ६ बजेसम्मको मतगणना परिणाम अनुसार सत्तारुढ गठबन्धनकी मेयर उम्मेदवार माओवादी केन्द्रकी रेणू दाहालले फेरी अग्रता लिन थालेकी छिन्।  

दाहालले अहिलेसम्म ६ हजार ९ सय २७ मत प्राप्त गरेकी छिन भने उनका निकटतम प्रतिस्पर्धी सूवेदीले ६ हजार ६ सय ७२ मत प्राप्त गरेका छन्। यी दुई उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ। अघिपछिको अवस्था चलिरहेको छ।  

तेस्रो स्थानमा नेपाली कांग्रेसका बागी उम्मेदवार (स्वतन्त्र)बाट जगन्नाथ पौडेल छन्। उनले ३ हजार ३ सय ९१ मत प्राप्त गरेका छन्।  

चौथोमा विवेकशील साझाका प्रविन काफ्ले छन। उनको खातामा ५७ मत मात्र देखिएको छ। त्यसै पाँचौ स्थानमा मंगोल नेशनल अर्गनाइजेशनका टेकबहादुर पुन मगरले २० मत प्राप्त गरेका छन्।  

यसैगरी उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार ४ सय २८ मत प्राप्त गरी पहिलो स्थानमा छन्। उनकी निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङ्गले ५५ सय मत प्राप्त गरेकी छिन्।

यसैगरी स्वतन्त्र उम्मेदवार पवीत्रा जोशीले ६५ र विवेकशील साझाकी पुष्पा सापकोटाले ४८ मत प्राप्त गरेकी छिन्।

प्रकाशित: ३ जेष्ठ २०७९ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App