३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

दैलेखमा काँग्रेसको ६ तहमा अग्रता

दैलेखमा शनिवार ढिला गरि भएको मतगणनामा नेपाली काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। कर्णाली प्रदेशकै धेरै दैलेखमा ११ स्थानीय तह छन्। त्यसमध्ये ६ वटा स्थानीय तहमा काँग्रेसले अग्रता लिएको छ भने एउटामा बराबरी रहेको छ। एमालेले ४ वटा स्थानीय तहमा अग्रता लिएको छ। 

गुरासँ गाउँपलिका, नौमुले गाउँपालिका, नारायण नगरपालिका, डुंगेश्वर गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, भगवती गाउँपालिकामा काँग्रेसले अग्रता लिएको छ। ठाटीकाँध गाउँपालिकामा पछिल्लो मत परिणाम अनुसार काँग्रेस र एमालेको बराबर मत सार्वजनिक गरिएको छ। दुवै पार्टीले २ सय ४३ मत पाएका हुन्। त्यस्तै नेकपा एमालेले दुल्लु नगरपालिका, आठबिस नगरपालिका, महावु गाउँपालिका र भैरवी गाउँपालिकामा प्रमुखमा अग्रता लिएको छ। शनिवार साँझसम्म ९० वटा रहेको दैलेखमा १० वटा वडाअध्यक्ष निर्वाचित भएका छन्। 

जसमा नौमुले गाउँपालिका १ र २ वडाबाट काँग्रेस र ३ वटाबाट एमालेका उम्मेदवार निर्वाचित भएका छन्। डुगेश्वर गाउँपालिका –१ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन्। महावु गाउँपलिका –१ बाट एमालेबाट वडाअध्यक्ष निर्वाचित भए। गुरासँ गाउँपालिका १ र २ वडाबाट नेपाली काँग्रेसका उम्मेदवारले जिते।

दुल्लु नगरपालिका-१ र भैरवी गाउँपालिका-१ बाट नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन्। त्यस्तै चामुण्डाविन्द्रासैनी नगरपालिका-१ बाट नेपाल मजदुर किसान पार्टीबाट वडाअध्यक्षमा निर्वाचित भएका छन्। जिल्लाका ११ वटै स्थानीय तहमा मतगणना कार्य भईरहेको छ।    

 मत गणना कार्य सुस्त हुँदा परिणाम आउन ढिलाई भएको हो। नारायण नगरपालिकामा विहान ८ बजेपछि मतगणना भएकोमा साँझ ७ बजेसम्म एउटा वडाको मत गणना सकिएको छैन्। ११ वटा रहेको नारायणमा यस्तो तरिकाबाट मत गणनाले १० दिन लाग्ने देखिन्छ।

प्रकाशित: ३१ वैशाख २०७९ १३:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App