१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बर्दियाको गुलरिया न.पा–१ मा कांग्रेस प्यानल विजयी

गुलरिया नगरपालिका-१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ। गुलरिया नगरपालिका-१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो। गुलरिया नगरपालिकाको वडा नम्बर १ को मतगणनाले नेपाली कांग्रेसका नगर प्रमुखले १ हजार २ सय ९९ र उप-प्रमुखले १ हजार २ सय ८८ मतप्राप्त गरेको देखाएको छ।

वडाअध्यक्ष १ हजार ३ सय ३९ मतप्राप्त गरी विजयी भएका छन्। महिला सदस्यले १ हजार ३ सय ७३, दलित महिला सदस्यले ३ हजार १ सय २६, खुल्ला सदस्य (१) ले १ हजार २ सय ८६ र खुल्ला सदस्य (२) ले १ हजार २ सय ६४ मतप्राप्त गरी पुरै प्यानल विजयी भएको छ।

त्यसैगरी एमालेका नगर प्रमुखले ६ सय ८३ र उप–प्रमुखले ६ सय २९ मतप्राप्त गरेका छन्। वडाअध्यक्षले १ हजार ४ मतप्राप्त गरेको छन्। महिला सदस्यले ६७, दलित महिला सदस्यले ६ सय ९२, खुल्ला सदस्य (१) ले ६ सय ५५ र खुल्ला सदस्य (२)ले ६ सय ५६ मतप्राप्त गरेका छन्। अन्य वडाको नजिता अझै आएको छैन। मतगणना जारी छ।

प्रकाशित: ३१ वैशाख २०७९ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App