१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बर्दियामा चितुवाको आक्रमणबाट नौ जना घाइते

चितुवाको आक्रमणबाट आइतबार दिउँसो नौ जना घाइते भएका छन्। गुलरिया नगरपालिका–११ गो कचौरामा चितुवाले आक्रमण गरेको हो।गुलरिया नगरपालिका–११ की अन्दाजी ३५ वर्षीय किस्मतु हज्जाम, गुलरिया नगरपालिका–१२ टेशनपुरका मोहन थारु गम्भीर घाइतेको बर्दिया अस्पतालमा उपचार भईरहेको छ।

सडक दुर्घटनामा पैदलयात्रीको मृत्यु

अन्दाजी४० वर्षीय सुर्य कला राजीको मृत्यु भएको जिल्लाप्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए।

आफ्नै छोराको हत्या गर्ने बुवा पक्राउ

बुवा छोराबीच झगडा हुँदा लौरंगलालले बुधबार राति आफ्नै २० वर्षीय छोरा विवेक चौधरीको पेटमा फुटेको वियरको बोत्तल प्रहार गरी गम्भीर घाइते बनाएका थिए। गम्भीर घाइते भएका विवेकलाई उपचारको लागि बर्दिया अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान गएको थियो।

गुलरिया नगरपालिकाका चार वडामा कांग्रेस र एमालेको बराबर जित

गुलरिया नगरपालिकामा चार वटा वडामा मतगणना हुँदा नेपाली कांग्रेस र नेकपा एमालेले बराबर जित निकालेका छन्। गुलरियामा १२ वटा वडा मध्ये अहिले २ बजेसम्म चार वटा वडाको मतगणना सम्पन्न हुँदा कांग्रेस र एमालेले वडा अध्यक्ष पदमा बराबर जित निकालेका हुन्।

बर्दियाको गुलरिया न.पा–१ मा कांग्रेस प्यानल विजयी

गुलरिया नगरपालिका-१ को वडा अध्यक्षमा जोगिराम थारुको प्यानल विजयी भएको छ। गुलरिया नगरपालिका-१ मा नेपाली कांग्रेसको पुरै प्यानल विजयी भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्