७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

विराटनगरको मेयरमा काँग्रेसको अग्रता

विराटनगर महानगरपालिकाको मेयरमा ५ दलीय गठबन्धनतर्फका उमेदवार नागेश कोइरालाले सुरुवादी अग्रता लिएका छन्। 

१ हजार दुई सय मत गणना हुँदा कोइरालाले ४ सय ३४ मत प्राप्त गरेका छन्।  नेकपा एमालेबाट मेयरका उमेदवार सागर थापाले ३ सय १६ मत प्राप्त गरेका छन्।

 यस्तै उपमेयरमा नेकपा एमालेकी उमेदवार शिल्पा कार्कीले ३ सय ६५ र गठबन्धन तर्फका उपमेयरका उमेदवार अमरेन्द्र यादवले २ सय ६ मत प्राप्त गरेका छन्।

पहिलो चरणमा १,२,१६,१७,१८ र १९ नम्बर वडाको मत गणना  भइरहेको छ। विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार १४२ मतदाता रहेकोमा  ८९ हजार ६ सय ७८ मत खसेको थियो।

प्रकाशित: ३१ वैशाख २०७९ १२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App