स्याङजाको गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका, भीरकोट नगरपालिकामा नेपाली काँग्रेसले आग्रता कायमै गरेको छ।
गल्याङ नगरपालिकामा नेपाली काँग्रेसको तर्फकबाट प्रमुखका उम्मेदवार गुरु भट्टराईले नेकपा एमालेका नगर प्रमुखको प्रत्यासीको मतान्तर बढाएका छन्। भट्टराईले २७०२ मत प्राप्त गरेका छन्। काँग्रेसकी उपप्रमुख पदकी उम्मेदवार हेमा न्यौपानेले २६०० मत प्राप्त गरेकी छन्।
नेकपा एमालेकी नगर प्रमुखकी प्रत्यासी उम्मेदवार सुर्यप्रसाद गैह्रेल १७४७ मत र उपप्रमुख देवी थापाले १८०२ मत प्राप्त गरेकी छन्। त्यसैगरी पुतली बजार नगरपालिका स्याङजाको काँग्रेसका प्रमुख पदका उम्मेदवार तुलसीराम रेग्मी ६५१ मतसहित अगाडि छन्। एमालेकी सीमाकुमारी क्षत्री ३८९ मत प्राप्त गर्दै पछ्याईरहेको अवस्था छ। काँग्रेसीकी उपप्रमुख उम्मेदवार देवी अर्याल ५७९ र एमालेका तर्फबाट उपप्रमुख उम्मेदवार महेश पुरीको ४४९ मत ल्याएका छन्।
भीरकोट नगरपालिकाको काँग्रेसको प्रमुखको रविन्द्र कर्माचार्यले ६५१ मत पाउँदा उपप्रमुख भगवती रेग्मीले भने ५७९ मत प्राप्त गरेकी छन्। त्यसैगरी एमालेको तर्फबाट प्रमुखको उम्मेदवार विश्वनाथ अर्यालले ३८९ मत पाउँदा उपप्रमुखकी सरस्वती अधिकारीले ४४९ मत प्राप्त गरेको छन्।
प्रकाशित: ३१ वैशाख २०७९ १७:१२ शनिबार