१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रामधुनीमा कांग्रेस र एमालेबीच कडा प्रतिस्पर्धा

सुनसरीको रामधुनी नगरपालिकाको प्रारिम्भक चरणको मतगणनामा कांग्रेस र एमालेका उम्मदेवारबीच कडा प्रतिस्पर्धा देखिएको छ।

रामधुनी वडा नं. १ बाट सुरु गरिएको मत गणनामा नेपाली कांग्रेसका तर्फबाट मेयरमा सुदिप अधिकारीले ९० मत ल्याउँदा  एमालेका तर्फबाट शंकरलाल चौधरीले ९१ मत ल्याएका छन्। उपमेयरमा कांग्रेसकी आशा चौधरीले ९१ ल्याउँदा एमालेकी तारा थापाले ९२ मत ल्याएकी छन्।

एमालेका मेयर र उपमेयर दुवैले कांग्रेसका उम्मेदवारभन्दा एक-एक मत बढी ल्याएका छन्। यहाँ वडाअध्यक्षमा नेपाली कांग्रेसका महेष चौधरीले ९० मत ल्याउँदा एमालेका राजकुमार चौधरीले ८९ मत ल्याएका छन्। जसले गर्दा यो वडामा कडा प्रतिस्पर्धा रहेको छ। वडा नं. १ मा थारु बाहुल्यता छ। अरु वडामा मिश्रित समूदायको बसोबास छ। रामधुनीको निर्वाचनमा जातीय मतले असर गर्ने गर्छ।

प्रकाशित: ३१ वैशाख २०७९ १०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App