८ वैशाख २०८१ शनिबार
राजनीति

मोरङको कानेपोखरीमा एमालेको अग्रता

मोरङको कानेपोखरी गाउँपालिकाको प्रमुख  र उपप्रमुखमा  एमालेले अग्रता लिएको छ।  ४ हजार ४ सय मत गणना हुँदा नेकपा एमालेकी प्रमुख  पदकी  उमेदवार राजमति इङनामले १ हजार ८ सय ३ मतकासाथ अग्रता लिएकी छिन्।

यस्तो उपप्रमुख पदका उमेदवार भोला अधिकारीले १ हजार ८ सय ९९ मत ल्याएका छन्। यस्तै नेपाली कांग्रेसका प्रमुख पदका उमेदवार सञ्जय भट्टराईले १ हजार १ सय ५२ र उपप्रमुख पदकी उमेदवार मनु गुरूङले १ हजार ३ सय ८४ मत ल्याएकी छिन्। ३४ हजार ४५ मतदाता रहेकोमा २२ हजार ७ सय ३१ जनाले मतदान गरेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ ०६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App