जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह ६७ मत ल्याएर अग्रता लिएका छन्।
वडा नम्बर एकबाट मतगणना सुरु भएको छ। २ सय मत गणा हुँदा साहले ६७ मत प्राप्त गरेको छ।
सत्तारुढ गठबन्धनका साझा उम्मेदवारी दिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका लालकिशोर साहले ८ मत पाएका छन्।
मतगणना अनुसार एमालेका शिव शंकर साहले ,१८ स्वतन्त्र उम्मेदवार बलाराम महतोले १६ ,अर्का स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८ मत पाएको छ। भने ३४ मत बद्दर भएको छ। यता उपमेयरमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसको तर्फबाट किशोरी साहले अग्रता लिएका छन्।
प्रकाशित: ३१ वैशाख २०७९ ०३:३७ शनिबार