१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

दुई दिन बिदा कार्यान्वयन गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार मन्त्रीस्तरीय निर्णय गरी सबै शैक्षिक निकायहरूलाई मन्त्री परिषद्को वैशाख १३ गतेको निर्णयअनुसार साताको दुई दिन बिदा दिन निर्देशन दिएको छ।

मन्त्रालयमा बुधबार शिक्षामन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गरी देशभरिका सबै निजी तथा सामुदायिक शैक्षिक निकायहरूमा लागु हुनेगरी शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता दिपक शर्माले जुन्।

मन्त्री स्तरीय निर्णय कार्यन्वयन गर्न गराउन बुधबारै शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन जारी गरेको छ। केन्द्रका निर्देशक रामचन्द्र शर्माले जारी गरेको ४ बुँदे निर्देशनमा जेठ १ गतेदेखि लागु हुने गरी शनिबार र आइतबार बिदा दिनुपर्ने उल्लेख छ। सोही निर्देशनमा विद्यालय व्यवस्थापन गर्ने सन्दर्भमा भने विद्यालय साविकबमोजिम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म कक्षाकोठामा पठनपाठन हुनुपर्ने छ।

यस्तै हालसम्म शुक्रबार दिउँसो १ बजेसम्म मात्र पठनपाठन हुँदै आएकोमा अबदेखि त्यसो गर्न पाइने छ। शुक्रबार पनि अपरान्ह ४ बजेसम्म पूरै समय विद्यालयमा पठनपाठन हुनुपर्ने निर्देशनमा उल्लेख छ। साथै राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ ले व्यवस्था गरे अनुसारको पाठ्यघण्टा र कार्यघण्टामा नघट्ने गरी पठनपाठनका कार्यहरू सञ्चालन गर्नका लागि आइतबार सार्वजनिक बिदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे बिदामा वा अन्य बिदामा कटाई पूर्ति गर्ने उल्लेख छ।

‘यसो गर्दा वर्षभरिमा अधिकतम ३० दिनसम्म एकैपटक वा पटकपटक बिदा दिन सकिने गरी स्थानीय तहले बिदा समायोजन गर्नुपर्छ,’ प्रवक्ता शर्माले नागरिकसँग भने, ‘विद्यालयहरूले यसै निर्देशनअनुसार क्यालेन्डर तयार गरी अघि बढ्न केन्द्रले निर्देशन दिइसकेको छन्।’ उनले थपे, ‘सरकारको निर्देशन निजी र सरकारी दुवैथरी शैक्षिक निकायले मान्नुपर्छ।’

प्रकाशित: ३० वैशाख २०७९ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App