८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

खनालले सूर्याेदय र नेम्वाङले इलाम नगरमा मतदान गर्ने

शुक्रबार हुने स्थानीय तह निर्वाचनमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले गृहजिल्ला इलामको सूर्योदय नगरपालिकाबाट मतदान गर्दैछन्। नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेतासमेत रहेका खनालले सूर्याेदय–९, पान्दामको राष्ट्रिय आधारभूत विद्यालय केन्द्रमा मतदान गर्ने भएका हुन्।

बिहान ७ बजे खनालले मतदान गर्ने उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए। खनाल मतदानका लागि केही दिनअघि नै गृहजिल्ला इलाम आएका छन्a। उनी इलामको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पस केन्द्रमा मतदान गर्ने भएका छन्। नेकपा (एमाले) उपाध्यक्षसमेत रहेका नेम्बाङले बिहान ८ बजे मतदान गर्ने एमाले इलामका उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए।  

नेम्वाङ पनि केही दिनयता गृहजिल्ला इलाममै छन्। आफ्नो बासस्थानबाट पैदलै मतदान केन्द्र पुगेर नेम्वाङले मतदान गर्ने सुवेदीले जानकारी दिए। नेम्बाङ इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।  

खनाल र नेम्वाङ दुवै नेकपा (एमाले)बाट २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए। अहिले खनाल नेकपा (एस)मा छन् भने नेम्वाङ एमालेमै छन्। 

प्रकाशित: २९ वैशाख २०७९ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App