यस्तै प्रदेश नं ४ मा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ (पूर्वी भाग) र नवलपरासी(दाउन्ने पूर्व) रहने छन् । प्रदेश नं ५ मा नवलपरासी (दाउन्ने पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ (पश्चिम भाग), रुकुम, सल्यान, रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया रहनेछ ।
त्यसैगरी प्रदेश नं ६ मा डोल्पा, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली गरी १७ जिल्ला रहनेछन् । दलहरुबीच सीमाङ्कनसहितको प्रदेशका लागि तय गरेको प्रस्तावित अनुसूचीमा उल्लेख भएपनि उल्लेखित विवरणमा फेरवदल हुन सक्ने नेताहरु बताउँछन् । रासस
प्रकाशित: २३ श्रावण २०७२ ०९:३० शनिबार





