१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

गठबन्धन राष्ट्रिय आवश्यकताः देउवा

पोखराको चुनावी सभामा बोल्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा। तस्बिरः उमेश पुन/नागरिक

कांग्रेस सभापति शेरबहादुर देउवाले राजनीतिक स्थिरताको लागि अहिलेको गठबन्धन आवश्यक रहेको बताएका छन्। पोखरामा आइतबार आयोजित पाँचदलीय चुनावी सभामा कांग्रेस सभापति समेत रहेका देउवाले गठबन्धन विरोधी गतिविधि गर्नेलाई कारवाहि गर्ने चेतावनि पनि दिए।  

उनले गठबन्धन सबैभन्दा बढी कांग्रेसलाई आवश्यक रहेको बताए। त्यसैले सबै एकजुट भएर गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने उनले बताए। ‘राष्ट्रिय आवश्यकता अनुसार गठबन्धन बनेको हो। यसलाई अझै मजबुत बनाएर लैजानुपर्छ,’ देउवाले भने, ‘गठबन्धन भएर नै हामी सरकारमा आएका हौ। गठबन्धनले नै हामीलाई सरकारमा ल्याएको हो।’  

प्रतिपक्षको काम नै संसदमा विरोध गर्ने भएको बताउँदै देउवाले भने, ‘तर, विरोध गर्ने वित्तिकै संसद भंग गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली विरुद्ध गठबन्धन गरेका हौ।’

प्रकाशित: २५ वैशाख २०७९ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App