२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

पोखरामा पाँचदलीय गठबन्धनको चुनावी सभा सुरु

पोखराको अमरसिंहचोकमा आयोजित चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल। तस्बिरः उमेश पुन/नागरिक

सत्तारुढ पाँचदलीय गठबन्धनको पोखरामा बृहद चुनावी सभा सुरु भएको छ। पोखरा महानगरसहित कास्कीका पाँचवटा स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गठबन्धनले जिल्ला स्तरीय बृहद चुनावी सभा आयोजना गरेको हो। पोखराको अमरसिंह चोकमा चुनावी सभा सुरु भएको छ।  

गठबन्धनमा आबद्ध दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलका शीर्ष नेताहरु पोखरा आएका छन्। बृहद चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन्।  

सम्बोधनको क्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयलगाढाको दर्शनको प्रवद्र्धक भएको आरोप लगाए। दम्भले गर्दा ओली विनासको बाटोमा लागेको नेपालको आरोप थियो।

प्रकाशित: २५ वैशाख २०७९ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App