२८ पुस २०८२ सोमबार
image/svg+xml

देउवासँगको भेटपछि शशांकले भने- पार्टी ‘ब्रेक’ गर्नु हुँदैन, मिल्ने प्रयास हुँदैछ

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनै पनि हालतमा पार्टी विभाजन नहुने दाबी गरेका छन्।

इजरायली राजदूतसँग प्रधानमन्त्रीले भनिन्ः सम्बन्धलाई नयाँ उचाइ दिन प्रयास जारी राखौं

प्रधानमन्त्री कार्कीले नेपाली नागरिकहरुलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिंदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन रहेको उल्लेख गरिन्।

कुलमानजी लक्षप्रति इमानदार हुनुभएन, उहाँको शैली नै अर्कै देखियो: हरि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता हरि ढकालले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीचको सम्भावित सहकार्यबाट कुलमान बाहिरिनुमा उनको शैली र इमानदारिता मुख्य कारण रहेको बताएका छन्।

अखण्ड भण्डारी गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त

सरकारले गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी)लाई नियुक्त गरेको छ ।

सिंहदरबार जलाउनेलाई तह लगाउन ‘लठ्ठीवाला फोर्स’ तयार छ: महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले सिंहदरबारमा आगो लगाउँछु भन्ने र नेताहरूलाई लखेट्छु भन्ने अराजक तत्वहरूलाई तह लगाउन एमालेले ‘लठ्ठीवाला फोर्स’ तयार पारेको चेतावनी दिएका छन्।

राजनीतिज्ञप्रतिको कटाक्ष झल्कने चलचित्र ‘परिवर्तन’को ट्रेलर सार्वजनिक

विजय केरुङको निर्देशनमा बनेको चलचित्र ‘परिवर्तन’मा नेपाली राजनीतिज्ञहरूप्रति तीखो कटाक्ष गरिएको छ। सुशील श्रेष्ठ मुख्य भूमिकामा रहेको यस चलचित्रको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो।

दिपेश कडेलले इटहरी आदर्श जायन्ट्सबाट केपिएल खेल्ने

नेपाली क्रिकेटर दिपेश कडेलले इटहरी आदर्श जायन्ट्सबाट कोशी प्राइड लिग (केपिएल) खेल्ने भएका छन्।

प्रेमीसँगको सामिप्यतामा खुलेकी गरिमा

मोडेल तथा अभिनेत्री गरिमा शर्मा प्रेम सम्बन्धमा रहेको खुलेको छ। शर्माले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै आफू प्रेम सम्बन्धमा रहेको जानकारी दिएकी हुन्।

खड्काको प्रस्ताव: अहिले चुनाव जितौं, २०८३ मा नेतृत्व फेरौं

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको नेतृत्व परिवर्तन र नीति परिमार्जनका लागि २०८३ वैशाखसम्म पर्खन आग्रह गरेका छन्।

झापा-५ बाट चुनाव लड्लान बालेन?

सामाजिक सञ्जालमा बालेनका स्टाटस र विभिन्न सार्वजनिक कार्यक्रममा ओलीका भाषणले दुईबीचको सम्बन्ध सुमधुर नरहेको बुझ्न अप्ठेरो छैन। के यहीं तिक्ततापूर्ण सम्बन्धका कारण आगामी चुनावमा उनीहरु एकअर्काका प्रतिस्पर्धी बन्छन् त भन्ने प्रश्न पनि उब्जिएको छ।

पार्टी एकतामा प्रतिकूल गतिविधि नगर्न खड्काको अपिल

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

रवि र बालेन ‘पानीका फोका’ मात्र हुन्, एमालेलाई कसैले रोक्न सक्दैन: सचिव बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहलगायतका नयाँ शक्तिहरूलाई पानीका फोका जस्तै भएको टिपण्णी गरेका छन्।

देउवासँग छलफल गर्दै विमलेन्द्र, मिनेन्द्र, बद्री पाण्डेलगायतका नेता

यतिबेला नेपाली कांग्रेस भित्र दुई ठाउँमा समानान्तर भेला चलिरहेको छ । महामन्त्री द्वयले आह्वान गरिरहेको विशेष महाधिवेशन भृकुटीमण्डवमा जारी रहँदा सभापति शेरबहादुर देउवाले पनि आफू पक्षीय नेतासँग भेटघाट र छलफल गरिरहेका छन् ।

‘अराजकता’ रोक्न एमालेले सडकमा हजाराैं युवा उतार्ने

नेकपा (एमाले) का सचिव महेश बस्नेतले मुलुकमा बढ्दो अराजकता र वर्तमान सरकारको असफलताविरुद्ध एमाले सशक्त रूपमा सडकमा उत्रने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्