२ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

कलैया उपमहानगरपालिका: गठबन्धन भर्सेस एमाले

सत्ता साझेदार गठबन्धनका प्रमुख र उपप्रमुख पदका उम्मेदवार राजेश राय यादव र एमालेका प्रमुख र उपप्रमुख पदका उम्मेदवार बिनोद साह र रौशन परवीन।

वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको  निर्वाचनमा कलैया उपमहानगरपालिकामा सत्तारुढ र एमालेका उम्मेदवारहरुबीच मूख्य प्रतिस्प्रर्धा रहेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा कलैया उपमहानगरपालिकाको प्रमुखमा  नेपाली काँग्रेसका राजेश राय यादव र उप प्रमुखमा रहिमा खातुन निर्वाचित बनेका थिए। बाराको सदरमुकाम समेत रहेको कलैया मधेस प्रदेशका तीन उपमहानगरपालिका मध्ये एक उपमहानगरपालिका हो।

अहिले कलैया उपमहानगरपालिकामा सत्तारुढ दल भित्रका नेपाली काँग्रेसका राजेश राय यादव र उप प्रमुखमा जनता समाजवादी पार्टी प्रमोद गुप्ता चुनावी मैदानमा उत्रेका छन् भने एमालेबाट बिनोद साह र उप प्रमुखमा रौशन परविन चुनावी प्रतिस्प्रर्धामा उत्रेकी छिन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा दलहरुको उम्मेदवारहरुले पाएको मतको मूल्याँकलन गर्दा सत्ता साझेदार पाँच दलिय गठबन्धका प्रमुख र उप प्रमुख पदका उम्मेदवारहरु सजिलै विजयी हुने सम्भावन रहेको कलैयाका बरिष्ठ पत्रकार सुजित कुमार अर्यालले दाबी गरेका छन्।

२०७४ सालको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा विजयी बनेका राजेश राय यादवले १० हजार नौ सय ३ मत ल्याएर विजयी भएका थिए। भने एमालेबाट प्रमुख पदमा  उम्मेदवार बनेका बिनोद साहले १० हजार सात सय १६ मत ल्याएर पनि पराजित हुन पुगेका थिए।

त्यस बेला एक सय ८७ मतले पराजित भएका साहलाई अहिले सक्त साझेदारको साझा उम्मेदावारीले झन बिजयी हुने सम्भावन कम गरेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन फोरम नेपालबाट प्रमुख पदमा चुनाव लडेका प्रमोद गुप्ताले तेस्रो हुदै नौ हजार चार सय चार मत पाएका थिए। त्यसै गरि माओवादी केन्द्रबाट प्रमुख पदमा चुनाव लडेका मुकेश साहले चार हजार तीन सय नौ मत पाएका थिए।

तेस्रो स्थानमा मत ल्याएका प्रमोद गुप्ता अहिले गठबन्धनबाट उप प्रमुखका उम्मेदवार रहेका छन् भने चौंथाे स्थानमा मत ल्याएका मुकेश साहले गठबन्धनको उम्मेदवारलाई विजयी बनाउनको लागि खटेका छन्।

२०७४ को तुल्नामा सात्ता साझेदार गठबन्धनका उम्मेदवारहरुको ६० प्रतिशन भन्दा बढि मत पाउने अवस्था रहेको छ भने एमालेका उम्मेदवारहरुले माधव नेपाल नेतृत्व गरेको नेकपा समाजवादीको करणले पहिला पाएका भन्दा पनि कम मत पाउने अवस्था रहेको मतदाताहरुले बताएका छन्।

सत्ता सझादार गठबन्धनमा कुनै बागी नउठ्नु र साबिकको एमालेबाट नेकपा समाजावदी पार्टीमा लागेका कार्यकर्ताहरु बाहिरिएको कारणले गठबन्धनको उम्मेदवारहरुले विजयी बन्ने सम्भावन बढी रहेको काँग्रेसका नेताहरुले दाबी गरेको छन्। २०७४ सालमा ५६ हजार चार सय ९० मतदाता रहेको कलैया उपमहानगरपालिकामा अहिले बढेर ७० हजार  तीन सय ५६ पुगेका जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ।

सत्ता गठबन्धनको उम्मेदवारहरुलाई विजयी बनाउन नेतृत्वदायी भूमिका खेलीरहेका नेपाली काँग्रेसका सह-महामन्त्री फरमुल्लाह मंसुरले कलैया उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारहरुले दोब्बर भन्दा बढी मतले विजयी हुने दावी गरेका छन्।

दुई तिहाईको हाराहारीमा बहुमत ल्याएर पनि सत्ता सञ्चालन गर्न नसकेको एमाले आँफैमा बिभाजित भएको देखेर मधेशका जनताहरु अहिले काँग्रेस नेतृत्वमा बनेका गठबन्धनका उम्मेदवारहरुलाई नै विजयी बनाउन मतदान गर्ने मंसुरले बताए।

कलैया उपमहानगरपालिकाको २७ वटै वडाको मतदातासँग भेटघाट गर्दा उनीहरुले प्रमुख र उप प्रमुखमा गठबन्धनका उम्मेदवारहरुलाई निर्वाचित गराउने उत्साहित देखिएको सह महामन्त्री मंसुरले बताए।

प्रकाशित: २१ वैशाख २०७९ १४:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App