४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

दुई नगर प्रमुखमा महिला उम्मेदवार

सुर्खेतस्थित वीरेन्द्र नगरपालिकाबाट नेकपा एमालेबाट नगर प्रमुखको उम्मेदवार मोहनमाया ढकाल। दैलेखको नारायण नगरपालिकाबाट नेपाली काँग्रेसबाट नगर प्रमुखको उम्मेदवार निर्मला खड्का।

नेपाली काँग्रेसले नारायण नगरपालिका र नेकपा एमालेले वीरेन्द्रनगरमा नगर प्रमुखमा महिला उम्मेदवार उठाएको छ। नारायणमा निर्मला खड्का र वीरेन्द्रनगरमा मोहनमाया ढकाललाई नगर प्रमुखमा दुई पार्टीले उम्मेदवार बनाएका हुन्।    

कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगरमा उपप्रमुखलाई एमालले प्रमुखका रुपमा उम्मेदवार गराएको हो भने, नारायणमा वडा सदस्य निर्मला खड्कालाई काँग्रेसले नगर प्रमुख उम्मेदवार बनाएको हो। कर्णालीका अन्य पालिकाहरुमा प्राय प्रमुखमा महिला उम्मेदवार कम रहेका छन्। वडा अध्यक्षमा केही उम्मेदवार हुनसक्ने बाहेक प्रमुखमा दलहरुले उम्मेदवार बनाएका छैनन्। 

नारायणमा नगर प्रमुखमा १२ जनाको नाम सिफारिस भएपनि निर्मला खड्कालाई पार्टीले उम्मेदवार बनाएको हो। नेपाल महिलासंघ हुँदै पार्टीको कर्णाली प्रदेश सदस्यमा भएको खड्का नारायणमा लोकप्रिय नेताका रुपमा चर्चित छिन्। त्यस्तै वीरेन्द्र नगरमा नेकपा एमालेबाट ३ जनाको नाम चर्चामा भएपनि मोहनमाया ढकाललाई पार्टीले उम्मेदवारका रुपमा सिफारिस गरेको हो। कर्णालीका दुई प्रमुख नगरपालिकामा दुई पार्टीबाट संशक्त यूवा महिला उम्मेदवार उठेसंगै चिया चौतारामा चर्चा हुन थालेको छ।

प्रकाशित: १२ वैशाख २०७९ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App