१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित नभए सामूहिक राजीनामा दिने चेतावनी

३३ प्रतिशत महिला उम्मेद्ववार सुनिश्चित गर्न माग गर्दै नेपाल महिला संघ मोरङले विराटनगरमा प्रदर्शन गरेको छ। उम्मेदवार मनोनयन सुरु हुनुअघि आइतबार बिहान विराटनगरस्थित नेपाली काँग्रेस प्रदेश १ को कार्यालय परिषरमा महिला संघले प्रदर्शन गरेको हो।

गठबन्धनका कारण महिलाहरुले पाउने ३३ प्रतिशत पनि कुण्ठित हुने अवस्था आएपछि महिला संघले स्थानीय तह निर्वाचनमा कम्तिमा ३३ प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्न माग गर्दै नाराबाजी गरे। संविधानमा महिलाहरुलाई कम्तिमा ३३ प्रतिशत समावेश गर्नुपर्ने उल्लेख भए पनि व्यवहार पार्टीमा लागू नगरेको महिला संघको आरोप छ।

 

उनीहरुले संविधानले नै दिएको ३३ प्रतिशत अधिकारलाई पार्टी नेतृत्वले स्वीकार नगरेका कारण आफूहरु पीडित भएका बताए। स्थानीय तह चुनावमा पार्टीले महिलाहरुलाई उपेक्षा गरे सामूहिक राजीनामा दिने चेतावनी दिए।

नेपाल महिला संघ मोरङले स्थानीय तह निर्वाचनको उम्मेदवारमा प्रमुख वा उपप्रमुखमध्ये महिला एक जना अनिवार्य हुनुपर्ने उनीहरुको भनाइ छ। गठबन्धनका नाममा महिलालाई उपेक्षा गरेको भन्दै प्रदेश १ कार्य समिति र पार्टी केन्द्रीय समितिको समेत ध्यान आकर्षण गराएको बताए। उनीहरुले विराटनगर महानगरपालिकामा गठबन्धनको कुनै औचित्य नरहेको बताए।

‘महिलाहरुलाई स्थानीय तह निर्वाचनको टिकट वितरणमा पक्षपात गरे सामूहिक राजीनामा दिने छौं,’ महिला संघ मोरङकी अध्यक्ष तथा प्रदेशसभा सदस्य शान्ता रिजालले भनिन्, ‘पुरुषभन्दा सक्षम महिलाहरु धेरै हुँदा हुँदै पनि पार्टीले त्यसलाई बेवास्ता गरेर पीडित बनायो। संविधानले नै दिएको अधिकार सुनिश्चित गर्नुपर्छ।’

काँग्रेस प्रदेश १ का सभापति उद्धव थापाले संयुक्त राजीनामा दिने अवस्था आउन नदिने बताए। प्रदेशमा महिलाको प्रतिनिधित्व सुनिश्चित गराउने आश्वासन दिए। सत्ता गठबन्धनमा रहेका ५ दलले पालिका बाँडफाँड गर्दै महिलाको प्रतिनिधित्व हुन सकेको छैन। प्रमुख एक पार्टीले पाउँदा उपप्रमुख अर्को पार्टीलाई दिएकोले दुवै पार्टीबाट पुरुष सिफारिस हुँदा महिला प्रतिनिधित्व न्यून देखिएको छ। प्रदेश समितिको बैठकमा महिलाहरुको उम्मेदवारी र उहाँहरुको अधिकारको सुनिश्चित गर्नुपर्छ भनेर निर्णय गरेका छौं।

प्रकाशित: ११ वैशाख २०७९ ०५:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App