१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक वैशाख ३ मा

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही वैशाख ३ गते दिउँसो २ बजे बस्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका एवं उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख उम्मेदवारीसम्बन्धी प्रस्तावबारे छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

प्रकाशित: २ वैशाख २०७९ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App