७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचनमा कांग्रेसलाई विजय बनाउन एकजुट भएर लागौँ: प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजय बनाउन सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ को आज सम्पर्क कार्यालयको उद्घाटन गर्दै उनले निर्वाचनमा पार्टीलाई विजयी गराउनका लागि सबै क्रियाशील सदस्यहरु एकजुट भएर लाग्नुपर्ने बताएका हुन्।

स्थानीय तहको निर्वाचनमा वडा तहबाटै सहमतिको आधारमा उम्मेदवार टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो। कांग्रेसले निर्वाचनका लागि विभिन्न समिति बनाएर आफ्नो काम थालिसकेको प्रवक्ता डा महतले बताए।

कांग्रेस काठमाडौँ–४ का सभापति रामप्रसाद न्यौपानेले स्थानीय तहको निर्वाचनमा पार्टीभित्रका कार्यकर्तालाई भेटघाटमा सहज र प्रचारप्रसारलाई प्रभावकारी बनाउनका लागि सम्पर्क कार्यालय स्थापना गरेको बताए। कांग्रेसले सुरु गरेको ‘घर घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई कांग्रेस काठमाडौँ–४ ले पनि सञ्चालन गर्दै आएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए। रासस

प्रकाशित: २३ चैत्र २०७८ १५:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App