२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

एमसिसी पक्षधरलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्छः विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसिसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले एमसिसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्।

उनले देशमा चुनावको नाममा राष्ट्रवादी र राष्ट्रघातीहरुको बीचमा ध्रुविकरण भइरहेको उल्लेख गर्दै आफूहरु प्रगतिशिल, देशभक्त र क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध गराउन गाउँमा पुग्नुपर्ने बताए। उनले एमसिसीको पक्षधरहरुलाई दलाल पुँजिपति वर्गको संज्ञा दिँदै उनीहरुविरुद्धको लडाइँलाई गाउँसम्म पुर्‍याउनुपर्ने बताए।

यस्तै, उनले एमसिसी सम्झौतालाई संसदको स्वीकृति र कुनै कानूनी मान्यताले लागु गर्न नसकिने बताए। कसैको आत्मसमर्पणले नेपालमा एमसिसी लागु हुन नसक्ने उनले दाबी गरे। महासचिव चन्दले एमसिसीको विरुद्धमा नयाँ मोर्चा खोल्नुपर्ने र यसलाई कुनैपनि मूल्यमा रोक्नुपर्ने बताए।

उनले नेपालको संसद र संसदवादी दलहरु नेपाली स्वाधिनता जोगाउन असफल भएको बताए। नेपाली जनताको आकांक्षाहरु पूरा गर्ने जिम्मा कम्युनिष्ट, क्रान्तिकारीहरुको काँधमा आएको उनको भनाइ छ।

प्रकाशित: १७ चैत्र २०७८ १२:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App