१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

कोरम नपुग्दा संसदीय सुनुवाइ भएन

संसदीय सुनुवाइ समितिको बैठक बस्न कोरम नपुग्दा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको सुनुवाइ आइतबार हुन सकेन। न्याय परिषद्बाट सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस श्रेष्ठको नाम सुनुवाइका लागि संसदीय समितिमा पुगेको छ।

संसदीय सुनुवाइ समितिले फागुन ३० मा श्रेष्ठविरुद्ध कुनै उजुरी भए १० दिनभित्र पेस गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय लिएको थियो। विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका हुन्। समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइ कार्यविधिअनुसार उजुरी आह्वानका लागि तोकिएको १० दिन सकिएको बताए।

चैत ११ गते उजुरी आह्वानको दस दिन सकिएको हो। कर्णले सुनुवाइका लागि कोरम नपुगेका कारण आइतबार बैठक बस्न नसकेको जानकारी दिए। समितिका सदस्यहरू जिल्लाजिल्लामा पुगेकाले कोरम पुग्न नसकेको उनले बताए। अर्को बैठक मंगलबार बोलाइएको छ। कोरम पुगे मंगलबार सुुनुवाइ हुनेछ।

प्रकाशित: १४ चैत्र २०७८ ०४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App