coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

शुक्रबार नेपाल आइपुग्दै चिनियाँ विदेशमन्त्री

परराष्ट्र मन्त्रालयले चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने औपचारिक भ्रमणको घोषणा गरेको छ। परराष्ट्रमन्त्री नारायण खड्को निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार नेपाल आउन लागेको मन्त्रालयले विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ।  

नेपाल भ्रमणमा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ। वाङ्ले शनिबार परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।  

यस्तै, उक्त भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट्ने कार्यक्रम रहेको मन्त्रालयले सो विज्ञप्तीमार्फत् जनाएको छ। उनी आइतबारसम्म नेपाल मै रहने मन्त्रालयलले जनाएको छ।

प्रकाशित: ७ चैत्र २०७८ ०८:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App