५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभाका २० सांसदको पद आज सकिने

राष्ट्रियसभामा निर्वाचित २० सांसदको पद शुक्रबार सकिँदैछ। गोलाप्रथाबाट चारवर्षे अवधिमा परेका सांसदको पद सकिन लागेको हो। यसरी पदमुक्त हुनेमा एमालेका ८, माओवादी केन्द्रका ४, नेकपा एकीकृत समाजवादीका ४ र नेपाली कांग्रेसका ३ सांसद छन्। र अन्य १ जना सासंदकाे पद शुक्रबार सकिँन लागेकाे हाे। 

रिक्त हुने स्थानमा पदपूर्तिका लागि निर्वाचित २० सांसदलाई शनिबार पद तथा गोपनीयताको शपथ गराइनेछ। २०७४ फागुन २१ गते राष्ट्रियसभाको पहिलो बैठक बसेको थियो। सो बैठक बसेको चार वर्ष शुक्रबार पुग्छ। राष्ट्रियसभा सदस्यको अवधि समाप्त हुनुभन्दा ३५ दिनअघि पदपूर्तिका लागि निर्वाचन गर्नुपर्ने प्रावधान रहेकाले माघ १२ गते निर्वाचन गरिएको थियो।

प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, वाग्मती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन गरी १९ पदका लागि निर्वाचन गरिएको थियो। राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले सहकार्य गरेका थिए। निर्वाचनबाट कांग्रेका ६, एमालेका १, नेकपा एकीकृत समाजवादीका ५, माओवादी केन्द्रका ५, जसपाका १ र राष्ट्रिय जनमोर्चाका १ जना निर्वाचित भएका छन्। निर्वाचनबाट एमालेका सात सिट गुमे भने कांग्रेसकालाई थप तीन सिट मिल्यो।

प्रकाशित: २० फाल्गुन २०७८ ०६:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App