३ पुस २०८१ बुधबार
image/svg+xml
राजनीति

एमससीसीको पक्षमा महन्थ ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो दल सम्झौताको पक्षमा रहेको बताएका छन्।

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै उनले अमेरिकाले नेपालको विकास निर्माणमा सहयोग गर्दै आएको भन्दै एमसीसी अनुदान पनि विद्युत् प्रसारण लाइन र सडक सञ्जालमा खर्च हुने भएकाले स्वीकार गर्नुपर्ने बताए।

‘अमेरिकाले नेपाललाई सात दशकभन्दा बढी समयदेखि विकास साझेदारको रुपमा सहयोग गर्दै आएको छ। राष्ट्रिय हितको या राष्ट्रिय जीवनको हरेक क्षेत्रमा उसको केही न केही सहयोग देखिन्छ,’ अध्यक्ष ठाकुरले भने, ‘नेपालमा आर्थिक वृद्धिदर, गरिबी कम गर्ने उद्देश्य लिएर यो अनुदान आएको छ, जहाँसम्म यसको खर्च हुने क्षेत्र पनि निर्धारित छ, यो नेपालले नै निर्धारण गरेर आएको अनुदान हो।’

नेपाल आफैँले माग गरेर अनुदान ल्याएको र मापदण्ड पूरा गरेर मात्रै पाएको भएकाले यसप्रति शङ्का गर्नु नपर्ने उनले दाबी गरे।

प्रकाशित: १५ फाल्गुन २०७८ १०:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App