सरकारले सहसचिव रामेश्वर दङ्गाललाई सचिवमा बढुवा गरेको छ। दंगल हाल अर्थ मन्त्रालयमा कार्यरत छन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा रहेको बढुवा समितिले सिफारिस गरेको तीन सम्भावित उम्मेदवारमध्ये दंगलको ज्येष्ठताका आधारमा सचिवमा बढुवा भएको हो।
आइतबार बसेको बढुवा समितिको बैठकले सचिवमा बढुवाका लागि दङ्गाल, मुकुन्दप्रसाद निरौला र विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो।
प्रकाशित: १७ माघ २०७८ १४:१३ सोमबार