coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपालको राजनीतिमा गठबन्धन आवश्यक छः वरिष्ठ नेता अशोक राई

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता अशोक राईले नेपालको राजनीतिमा गठबन्धन सँस्कृति हुर्काउनु आवश्यक भएको बताएका छन्।

नेता राईले आइतबार धरानमा पत्रकार भेटघाट कार्यक्रममा नेपालको राजनीतिक प्रणाली नै गठबन्धन गर्नुपर्ने खालको भएमो बताए। उनले वर्तमा सत्ता गठबन्धन कोही नेताहरुको चाहनाले नभएको धारणा राख्दै देशको परिस्थति र आवश्यकताले भएको पनि बताए। ‘हाम्रो निर्वाचन प्रणाली नै गठबन्धन बनाएर जानुपर्ने खालको छ, अब गठबन्धन सँस्कृति हुर्काएर जानुपर्छ,’नेता राईले भने।

हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा प्रदेश १ मा स्पष्ट बहुमत हुँदाहुदै पनि गठबन्धानको एक उम्मेदवार पराजित भएको सन्दर्भमा नेता राईले गठबन्धानले विश्वासघात नगरेको तर मतदाता रहेका जनप्रतिनिधिले धोका दिएको बताए। गठबन्धनले इन्दारितापुर्वक काम गरेको उनले दाबी गरे। ‘गठबन्धनले इमान्दारितापुर्वक काम गरेको हो, तर मतदाताहरुले इमान्दारितापुर्वक भोट हालेनन्। पार्टीले निर्वाचन जिताएका जनप्रतिनिधिले पार्टीको ह्विप नमानेर अनुशासन उल्लंघन भएको देखिन्छ,’नेता राईले भने,‘यो समग्रमा गठबन्धनप्रति प्रश्न उठाउनुपर्ने वा विश्वासघात भयो भन्नुपर्ने देखिदैन।’

नेता राईले वर्तमान सत्तारुढ गठबन्धनले आगामी निर्वाचनमा पनि निरन्तरता पाउने बताए। उनले स्थानीय तह निर्वाचनमा सिट मिलाउन गाह्रो हुने भएपनि सम्भव भएसम्म चुनावी तालमेल गर्दै सहमतिपुर्वक गठबन्धनले उम्मेदवारी दिने नेता राईको भनाई थियो। ‘सहमतिपुर्वक उम्मेदवारी दिएर जाने प्रयत्न हामी गर्नेछौ,’उनले भने,‘हाम्रो गठबन्धन प्रदेश र संघको निर्वाचनसम्म जारी रहन्छ।’

नेता राईले आगामी जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने गठबन्धन शीर्ष नेताहरुको निर्णय सकरात्मक रहेको र चुनाव हुने बताए। तर, संविधान र ऐनको प्रावधान बाँझिएको हुनाले निरुपण हुनुपर्ने पनि धारणा राखे। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद चल्न नदिएर वृद्ध हठ देखाएको नेता राईको टिप्पणी थियो। 

संघीयता कार्यान्वयन गर्न ३ सय बढी कानुनहरु बनाउनुपर्ने भए पनि विगतको सरकारले ३ बर्षसम्म दायित्व पुरा नगरेको उनले आरोप लगाए। ‘अहिले पनि संसद चल्न नदिएर संसदको विघटन सही थियो भन्ने स्थापित गर्न खोजिरहेको छ, यो बाल हठ होइन, वृद्ध हठ हो। बालहठ भन्दा वृद्ध हठ गाह्रो हुने रहेछ,’ नेता राईले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै भने।

प्रकाशित: १६ माघ २०७८ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App