१ पुस २०८१ सोमबार
image/svg+xml
राजनीति

माओवादी केन्द्रीय समिति बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को यही माघ ८ गतेका लागि तय गरिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ।

कोरोना महामारीको बढ्दो सङ्क्रमणका कारण स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीको सुझावलाई मध्यनजर गर्दै केन्द्रीय समितिको बैठक अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

पार्टीको स्थायी समितिका पूर्वसदस्य र आयोगको बैठक भने स्वास्थ्य मापदण्डको पालना गरी यही माघ ८ गते शनिबार बिहान ८ः३० बजेका लागि तय गरिएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ। रासस

प्रकाशित: ७ माघ २०७८ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App