१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक बस्दै

आगामी राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचन बारेमा छलफल गर्न निर्वाचन आयोगले सर्वदलीय बैठकको आह्वान गरेको छ।

आयोगले बिहान साढे ११ बजेका बैठकको आह्वान गरेको हो। बैठकमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय सरकारमा सहभागी दलहरुलाई बोलाइएको हाे। यहाँ प्रनिधित्व गरिरहेका १७ दल उक्त बैठकमा सहभागी हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेले नागरिक न्यूजलाई जानकारी दिए।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन, स्थानीय तहको निर्वाचनको मितिदेखि मतदाता नामावली अद्यावधिकबारे छलफल हुने उनले बताए।  माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि चुनाव हुँदैछ।

आयोगले आगामी वैशाखमा हुने स्थानीय तह चुनावको पनि तयारी सुरू गरेको छ। यसअघि निर्वाचन आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचन आगामी ५ चैतभित्र गर्नुपर्ने सुझाव दिएका थिए।

प्रकाशित: ३० पुस २०७८ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App