१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

लिपुलेकसम्म थप सडक विस्तार हुँदैछः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले लिपुलेकसम्म सडक विस्तार गरिसकेको र थप विस्तारको काम भइरहेको बताएका छन्।

गत डिसेम्बर ३० मा उत्तराखण्डको हल्द्वानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा मोदीले यस्तो बताएका हुन्। उनले सडक विस्तार गरेको भनिएको भू–भाग नेपालभित्र पर्छ। सन् २०२० मे ८ मा भारतीय रक्षामन्त्री राजनाथ सिंहले लिपुलेकमा विस्तार भएको सडकको भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि नेपालले त्यसमा विरोध जनाएको थियो।

भारतले नेपाली भू–भागमा सडक विस्तार गरेको विषयमा नेपालभित्र चर्को विरोध र आलोचना भएपछि सरकारले भारतले अतिक्रमण गरेका लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका भू–भाग समेटेर चुच्चे नक्सा जारी गरेको थियो।

त्यस लगत्तै नेपालले भारतले अतिक्रमण गरेका भू–भागलाई फिर्ता ल्याउनका लागि दुई पक्षीय सम्वादको प्रयास गरे पनि भारतले भने त्यसमा चासो दिएको थिएन। हालसम्म पनि भारतले अतिक्रमण गरेको नेपाली भू–भागका बारेमा औपचारिक रूपमा छलफल हुन् सकिरहेको छैन।

यसबीचमा भारतीय प्रधानमन्त्री मोदीले लिपुलेकसम्म सडक विस्तार भएको र धार्मीक पर्यटकीय स्थल कैलाश मानसरोवत तर्फको सडक विस्तारको काम भइरहेको बताएका हुन्।

प्रकाशित: २४ पुस २०७८ ०१:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App