६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीयदेखि संसदीय चुनावसम्मको विपक्षमा विप्लवः प्रकाण्ड

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का सचिवालय सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा(प्रकाण्ड) ले सरकारले गर्ने स्थानीयदेखि संसदीय चुनावको विपक्षमा भएका हुँदा डटेर सामना गर्ने बताएका छन्। उनले बिहीबार दैलेख सदरमुकाममा भएको पत्रकार भेटघाट कार्यक्रममा प्रकाण्डले अहिलेको राज्य सत्ता सञ्चालनको व्यवस्थाले सिँहदरबारदेखि गाउँसम्म दलाल नै दलालको झुण्ड भएकाले भष्ट्राचार झनझन मौलाएको भन्दै व्यवस्था बदल्नका लागि जनमत संग्रहमा जानुपर्नेमा जोड दिए।

देशको स्वाधीनता अप्ठयारोमा परेको भन्दै प्रवक्ता प्रकाण्डले एमसिसी कुनै पनि हालतमा नेपालमा लागू नहुने बताए।कार्यकर्ता प्रशिक्षण कार्यक्रममा दैलेख आएका प्रकाण्डले देशमा अहिले भएको व्यवस्था बदल्न जनमत संग्रहको विकल्प नभएको बताए।

आफूहरुले सरकारसँग गरेको ३ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै ओली र देउवा सरकारले शान्ति भाँड्न खोजेको आरोप लगाए। अहिले देशका विभिन्न कारागारमा १ सय १५ भन्दा बढी आफ्ना कार्यकतालाई विभिन्न आरोप लगाएर मुद्दा चलाएको र सहमति कार्यान्वयन नगरेर देशमा स्थिति जटिलतातर्फ लैजान खोजेको समेत बताए।

प्रकाशित: २२ पुस २०७८ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App