८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

शिक्षा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन

शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षासम्बन्धी ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ।

प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबार बसेको बैठकले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन दिएको हो। त्यस्तै समितिले शिक्षासम्बन्धी विधेयक तथा ऐन छिटो ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ।

यसभन्दा अघि पनि मेडिकल कलेजमा शुल्क बढी लिएको विवाद भएको भन्दै सभापति घर्तीले अहिलेको विषय के हो सत्यतथ्य बुझेर समस्या समाधान गर्न निर्देशन सरकारलाई निर्देशन दिइन्। सभापति घर्तीले  सरकारले प्रतिबद्धता गरे अनुसारका शिक्षा विधेयक तथा ऐन पनि तत्काल ल्याउन निर्देशन दिएकी थिइन्।

त्यस्तै बैठकले यसअघि नै समितिले एसईई नगर्नु भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ।

प्रकाशित: ८ पुस २०७८ १०:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App