coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देउवाले बढाए मतान्तर, ३१८१ गन्दा १५०६ मत

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्।

राष्ट्रिय सभागृहमा जारी मतगणनामा प्रधानमन्त्री देउवाले सुरूआतदेखि अग्रता लिएकाे पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

बिहान तीन हजार १८१ मत गणना हुँदा सभापति देउवाले १,५०६,सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा. शेखर कोइरालाले १,१७८,प्रकाशमान सिंहले २५४,विमलेन्द्र निधिले १७३ र कल्याण गुरूङले १५ मत प्राप्त गर्नुभएको समितिले जनाएको छ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए।

मतदान सकिएलगत्तै मतपेटिका शिलबन्दी गर्ने, मुचुल्का तयार गर्ने, मतगणना आचारसंहिता तयार गर्नेलगायत आवश्यक प्रक्रिया पूरा गरी मतगणना सुरु गरिएको हो।

प्रकाशित: २८ मंसिर २०७८ ०२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App