१५ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

एकैपटक तोलामा ३९०० रुपैयाँले घट्यो सुन

आज नेपाली बजारमा सुनको मूल्य भारी रूपले घटेको छ। अघिल्लो दिन उच्च रेकर्ड कायम बनाएको सुन आज ३ हजार ९०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार ४०० रुपैयाँ भएको छ। अघिल्लो दिन बिहीबार तोलाको १ लाख ८० हजार ३०० रुपैयाँ पुगेको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला चाँदी १ हजार ८७० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदी  तोलाको १ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २२ चैत्र २०८१ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App