१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेतृत्व परिवर्तन भएरै छाड्छः डा. कोईराला

नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेतृत्व परिवर्तन भएरै छोड्ने बताएका छन्।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवारसमेत रहेका कोईरालाले पार्टीमा नेतृत्व परिवर्तन भएरै छोड्ने बताएका हुन्। उनले आफ्नो नेतृत्वमा पार्टी बनेसँगै गठबन्धनको सरकार झनै सशक्त भएर निर्वाचनसम्म पुग्ने पनि दाबी गरे। नेता कोईरालाले आफ्नो नेतृत्वको पार्टी बनेमा अनुभवी नेताहरुको कुरालाई गम्भीर अध्ययन गरेर नेपाली काँग्रेसलाई सुदृढ बनाउने पनि बताए।

उनले महाधिवेशनपछि केन्द्रीय, प्रदेश र स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई भागबण्डारहीतको नेपाली काँग्रेस, गुटबन्दी रहीतको पार्टी, विरोधरहीतको नेपाली काँग्रेस बनाएर एकढिक्का हुँदै सबैलाई समेट्ने बताए। उनले स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचनमा पार्टीलाई नै जिताउने प्रतिवद्धतासमेत व्यक्त गरे।

नेता कोईरालाले आफू सभापतिमा विजयी भए संविधानलाई सुदृढ बनाएर लैजाने समेत प्रतिवद्धता व्यक्त गरे। उनले अनुभव र उर्जासहितको सुदृढ नेपाली काँग्रेस बनाउने पनि बताए। नयाँ कार्यक्रम, नयाँ विचार र नयाँ कार्यशैलीबाट अगाडि बढ्ने भन्दै नेता कोइरालाले भातृ संस्थाहरुलाई सुदृढ गरेर अघि बढ्ने पनि बताए।

प्रकाशित: २६ मंसिर २०७८ १४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App