coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

युवा नेता सुनारले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

नेपाली काङ्ग्रेसका युवा नेता डम्बरबहादुर सुनारले (डि.बी नेपाली) ले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। उम्मेदवारी घोषणा गर्दै उनले भविष्यको काङ्ग्रेस निर्माण गर्ने जिम्मेवारी आफ्नो पुस्तामा आएको र उक्त संकल्पलाई समय सापेक्ष दिशाबोध दिन आफू तयार रहेको बताए।  

काङ्ग्रेसमा युवाको आकर्षणलाई अझै बढी प्रभावकारी बनाउने र केन्द्रीय तहमा नीति निर्माणमा महत्वपूर्ण योगदान पर्‍याउन आफू सक्षम रहेको उनले बताए। नेबि संघको केन्द्रीय उपाध्यक्षको उम्मेद्वार हुँदै उक्त संगठनको बिदेश बिभाग प्रमुखसमेत रहेर उनले राजनीतिक जिम्मेवारी निर्वाह गरिसकेका छन्। हाल उनी नेपाली काङ्ग्रेसको महत्वपूर्ण बिभाग, केन्द्रिय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बिदेश नीति बिज्ञ सदस्यको जिम्मेवारीमा समेत रहेका छन्।

अछाम जिल्लाबाट महाधिवेशन प्रतिनिधि चुनिएका सुनार शैक्षिक बिधामा समेत अब्बल रहेका छन्। उनी सिभिल ईन्जिनियर हुनुको साथै बिदेश मामिलाका जानकार समेत रहेक छन्। हाल उनी चीनमा अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा विद्यावारिधि समेत गरिरहेका छन्। विभिन्न अन्तराष्ट्रिय सेमिनार तथा कार्यक्रममा सकृयता पूर्वक सहभागिता जनाउँदै उनले २७ भन्दा बढी मुलुककोसमेत भ्रमण गरिसेका छन्।

प्रकाशित: २० मंसिर २०७८ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App