१९ मंसिर २०७८ आइतबार
राजनीति

एमाले महाधिवेशनः चितवन पुगे अध्यक्ष ओली

तस्बिरः नरहरि सापकाेटा/नागरिक

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली १०औं राष्ट्रिय महाधिवेशनका लागि बिहीबार चितवन पुगेका छन्। महाधिवेशन उद्घाटनको अघिल्लो दिन आज अध्यक्ष ओली भरतपुर विमानस्थलमा पुगेका हुन्।

एमाले निकटको नेपाल बुद्धिजिवी परिषद्ले सौराहामा आयोजना गरेको वर्तमान परिवेशमा नेकपा एमालेको महाधिवेशन समाजवादको आधार निर्माण प्राज्ञिक बहस तथा दिशानिर्देश भन्ने कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली भरतपुर विमानस्थलबाट सौराहा पुगेका छन्। महाधिवेशनमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने छन्।

ओलीलाई नेता सुरेन्द्र पाण्डेसहित नेकपा एमाले चितवनका अध्यक्षलगाएतका नेताहरुले स्वागत गरेका थिए।

प्रकाशित: ९ मंसिर २०७८ १३:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App